मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |
मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |


मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
३ कार्तिक २०८३, सोमबार

बाँके । मानव बेचबिखन, घरेलु हिंसा, सामाजिक विभेद तथा हानिकारक परम्पराविरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शुभ सन्देश सभा सञ्जाल नेपालद्वारा आयोजित कार्यक्रममा सामाजिक विकृति न्यूनीकरण, नागरिक अधिकारको संरक्षण तथा सुरक्षित, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि सामुदायिक सचेतना र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा मानव बेचबिखनलाई मानव अधिकार र सामाजिक सुरक्षासँग जोडिएको गम्भीर समस्याका रूपमा चर्चा गर्दै यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो। रोजगारी, वैदेशिक यात्रा तथा अन्य अवसरको प्रलोभनमा परी शोषणमा पर्न सक्ने जोखिमबाट बच्न आधिकारिक सूचना प्राप्त गर्ने, आवश्यक कागजातको वैधानिकता जाँच गर्ने र शङ्कास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउने विषयमा सहभागीलाई सचेत गराइएको थियो।

त्यसैगरी, घरेलु हिंसाका विभिन्न स्वरूप, त्यसले व्यक्ति तथा परिवारमा पार्ने असर र न्यूनीकरणका उपायबारे प्रशिक्षण दिइएको थियो। शारीरिक आक्रमणसँगै मानसिक यातना, धम्की, अपमान तथा आर्थिक नियन्त्रणसमेत घरेलु हिंसाका स्वरूप भएकाले यस्ता घटनालाई सामान्य पारिवारिक विवादका रूपमा लिन नहुनेमा जोड दिइएको थियो। हिंसापीडितलाई आवश्यक सहयोग, सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्न परिवार तथा समुदाय जिम्मेवार हुनुपर्ने बताइएको थियो।

कार्यक्रममा बालविवाह, जबर्जस्ती विवाह, दाइजोका कारण हुने उत्पीडन, जातीय विभेद र छुवाछुतजस्ता हानिकारक अभ्यासले सामाजिक न्याय, समानता र व्यक्तिको सम्मानमा अवरोध पुर्‍याउने विषयमा समेत छलफल गरिएको थियो। यस्ता समस्याको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै शिक्षा, जनचेतना र सामाजिक सोचमा सकारात्मक परिवर्तन आवश्यक रहेको सहभागीको निष्कर्ष थियो।

सामाजिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनीहरूलाई विभेदविरुद्ध आवाज उठाउन, सही सूचना प्रवाह गर्न तथा जोखिममा परेका व्यक्तिलाई आवश्यक सहयोग र सेवासम्म पहुँच पुर्‍याउन प्रेरित गरिएको थियो। विद्यालय, परिवार, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्यम र स्थानीय तहबीच सहकार्य बढाउन सके सामाजिक विकृति न्यूनीकरणका प्रयास प्रभावकारी हुनेमा जोड दिइएको थियो।

कार्यक्रममा समाजसेवी केबी बसेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। संस्थाकी पूर्वअध्यक्ष सुशीला बसेल र अध्यक्ष डा. डक्टप्रसाद धितालले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता डा. धितालले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रकाश चौधरी, कोषाध्यक्ष सुरेश गुरुङ, सदस्य रीता चौधरीलगायतको उपस्थिति थियो। संस्थाका कार्यकारी प्रमुख तिलकबहादुर नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

आयोजकले समुदायस्तरमा नागरिक अधिकार, सामाजिक न्याय र सुरक्षित समाज निर्माणसम्बन्धी सचेतना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सरकारी निकाय, नागरिक समाज र समुदायबीच सहकार्य बढाउन सके मानव बेचबिखन, घरेलु हिंसा तथा सामाजिक विभेद न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार