मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

बैजनाथमा कृषकहरूका लागि फलफुल उत्पादन तथा व्यवस्थापन तालिम शुरु

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
२० जेठ २०८२, सोमबार

बाँके । बैजनाथ गाउँपालिकाको आयोजनामा दुई दिने ‘फलफुल व्यवस्थापन सम्बन्धी कृषक स्तरीय तालिम’ शुरु भएको छ ।

उक्त तालिममा बैजनाथ गाउँपालिकाका २४ जना कृषकहरू सहभागी भएका छन् । तालिममा कृषकहरूलाई फलफुल उत्पादन, बिरुवा व्यवस्थापन, सुरक्षा, संरक्षण तथा बजारीकरणको बारेमा व्यवहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।

तालिममा कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा, कृषि अधिकृत बिष्णुमाया मल्ल, कृषि प्राविधिक मोतिराम चौधरी र कृषि प्राविधिक लक्ष्मी रेग्मी ले सहभागी कृषकहरूलाई फलफुल उत्पादनका आधुनिक प्रविधि, रोग नियन्त्रणका उपाय, र बजारसम्म उत्पादन पुर्‍याउने तरिकाबारे सहजिकरण गरिरहनु भएको छ ।

कार्यक्रमका सहजकर्ता लक्ष्मी रेग्मीले बैजनाथका कृषकहरूको फलफुलमा बढ्दो चासोलाई सम्बोधन गर्दै तालिमले व्यावसायिक फलफुल खेतीतर्फ कृषकहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले आगामी दिनमा अझ बढी कृषकलाई समेट्ने गरी यस्ता तालिम सञ्चालन गर्दै लैजाने योजना बनाएको रेग्मीले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार