मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

युवा युवतीहरूलाई लक्षित फुटबल प्रशिक्षण सुरु

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुर रंगशालामा १४ देखि १८ वर्ष समूहका युवा युवतीहरूलाई लक्षित गरी एक महिने फुटबल प्रशिक्षण सुरु गरिएको छ।
न्यु जर्नी युथ क्लबको आन्तरिक स्रोतबाट सञ्चालनमा ल्याइएको प्रशिक्षण कार्यक्रमले स्थानीय युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्य राखेको छ। 
वडा अध्यक्ष भुपाल पुन मगरका अनुसार प्रशिक्षणले युवाहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई सकारात्मक ऊर्जा र अनुशासित जीवनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको बताउनु भयो ।
क्लबका क्याप्टेन प्रकाश बुढाथोकीले प्रशिक्षणमा उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र नियमित बनाउने योजना जिकिर गर्नुभयो । 
यसैगरि बाँकेको खजुरा ४ डि गाउँमा रहेको न्यू डाँफे स्पोर्ट्स क्लबले महिला खेलाडी उत्पादन गर्न लागेको छ । नेपालमा महिला फुटबल खेलाडीको सम्भावना उच्च रहेकाले पनि खजुराका महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न न्यू डाँफेले फुटबल प्रशिक्षण सुरु गरेको हो ।
फुटबल प्रशिक्षणको सुरुवात गर्दै न्यू डाँफेका अध्यक्ष तिलकवीर सुनारले केही समयभित्रै महिला फुटबल प्रतियोगिताको आयोजना समेत गरिने जानकारी दिनु भयो । क्लब स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने गरी तयारीलाई तिब्रता दिईने अध्यक्ष सुनारले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार