मुख्य समाचार
भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी | नेपाललाई २ खर्ब ४० अर्ब भारू दिने माेदीको घोषणा |

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग

यूथ टुडे समाचारदाता 3691+ समाचार ( )
१२ मंगशिर २०८३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। नेपाली कांग्रेसका नेता तथा प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई विस्थापित गर्नु निन्दनीय भएको बताएका छन् ।

कांग्रेसले यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरी वैकल्पिक आवासको व्यवस्था गरेर मात्रै व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको उनले स्मरण गराएका छन् ।

तर सरकारले पहिचान र आवासको व्यवस्था नगरी वर्षायाममै डोजर चलाएर नागरिकलाई विस्थापित गरेको र व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राखेको उनको आरोप छ ।

अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत सुकुमवासीलाई हटाउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

आङ्देम्बेले देशभर आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीको पहिले जग्गाको टुङ्गो लगाएर आवास सुनिश्चित गर्नुपर्ने बताएका छन् । त्यसपछि मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने उनको माग रहेको छ । 

‘वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्‍याउने अधिकार सरकारलाई छैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक प्रदान गरेको उल्लेख गर्दै उनले यो नागरिकको मौलिक अधिकार भएको बताएका छन्।’राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ आङ्देम्बेले भनेका छन् ।

उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार