काठमाडौं । बाढी पिडितको पुनस्र्थापनाका लागि भारतले २४ हजार करोड नेपाली रुपैयाँको प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
आज दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा भिषण बाढीबाट भएको जनधनको क्षतिका लागि समवेदना प्रकट गरे ।
साथै उनले बाढी पिडितको पुनस्र्थापन र दिर्घकालीन विकासलाई नयाँ मजबुति दिन विकास समन्वय प्याकेज’को घोषणा गरेका छन् । सो रकम २४ हजार करोड नेपाली रुपैयाँ छ । यसमा कति अनुदान र कति ऋण हो भन्ने उनले खुलाएनन् ।