मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै २४ करोडको एमआरआई सेवा सुरु गर्दै

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

नेपालगन्ज । भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक करिब २४ करोडको एमआरआई ( म्याग्नेटिक रेजोनेन्स इमेजिङ)    मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने जनाएको हो । 

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा बासेको बैठकले सेवाग्राहीलाई मध्यनजर राखी सो मेसिन संचालनमा ल्याउने निर्णय गरेको छ । विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन गत साउनको पहिलो हप्ता भेरी अस्पतालमा आइपुगेको थियो । भेरी अस्पतालको तत्कालीन प्रशासनले त्यसका लागि आवश्यक अन्य सामानसमेत आइपुगेको जनाउँदै केही हप्ताभित्रै मेसिन जडान गरी सेवा सुरु गरिने जनाएको थियो । 

मेसिन जडानमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराएर भएपनि सो मेसिन जडान गर्ने विकास समितिले निर्णय गरेको अध्यक्ष शाहले बताउनु भयो । विकास समितिले पुर्णता पाएपछि रोकिएका काम पुनः सुरुहुने मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जंङ रायमाझीले बताउनु भयो । 

न्यूरोसर्जरी, आर्थोस्कोपीलगायत विभिन्न विशिष्टीकृत सेवा सुरु भइसकेको भेरी अस्पतालमा एमआरआई मेसिन सुचारूसँगै सेवाग्राहीले भरपुर सस्तोमा सुविधा पाउने अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार