मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

एमसीसीविरुद्ध ८ राजनीतिक संगठनद्वारा काठमाडौंमा प्रदर्शन

महमूद आलम खान 1133+ समाचार ( )
माइतीघरबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
२६ माघ २०७८, बुधवार

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रदर्शन गरेका हुन् ।

माइतीघरबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले ‘गो ब्याक एमसीसी, एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।

सरकारले एमसीसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार