मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

दाहाल नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१८ असार २०८१, मङ्गलबार

काठमाडौँ । एमालेले मध्यरातमै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ।

संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सत्ता सहयात्रा गर्ने सात बुँदे समझदारीमा हस्ताक्षर भएसँगै एमालेले राति नै राष्ट्रपति कार्यालय शितल निवासमा समर्थन फिर्ताको जनाउ दिएको हो।

समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंखर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित नेताहरु शितल निवास पुगेको स्रोतको दाबी छ।

पुस २१ गते दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग फेरि गठबन्धन गरेपछि एमालेले संसदमा प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेको थियो।

दुई ठूला दलबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्वमा कांग्रेस सभापतिले गर्ने समझदारी भएको छ। जसमा एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ।

प्रतिनिधिसभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन्।

नेताहरुले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग परामर्श पनि गरेका छन्। दाहाल नेतृत्वको सरकार विस्तापित भएपछि धारा ७६ ९२० अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार