मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्रअन्तर्गत आज केन्द्रीय समितिका लागि उम्मेदवारहरूको दरखास्त फारम वितरण, उम्मेदवारी मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुने भएको छ।

नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत निर्वाचन समितिलाई दिइएको अधिकार अनुसार उम्मेदवारीका आकांक्षीहरूले आज बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म दरखास्त फारम दर्ता गर्न सक्ने कार्यतालिका छ। यसअघि केन्द्रीय निर्वाचन आयोगले बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।

दिउँसो २:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारविरुद्ध उजुरी दिन दिउँसो २:३० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार