मुख्य समाचार
रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण |

जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

यूथ टुडे समाचारदाता 3527+ समाचार ( )
१३ जेठ २०८३, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने अभिमुखीकरण तथा क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाँकेको सहजीकरणमा सञ्चालन गरिएको तालिममा जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखा प्रमुखसहित ४० जनाको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिया अधिकृत परशुराम उपाध्यायले जनप्रतिनिधि र कर्मचारीमा अध्ययनको कमी हुँदा काम कारबाहीमा समस्या देखिने गरेको बताउनुभयो ।

“आफ्नो जिम्मेवारी र कार्यक्षेत्रबारे अध्ययन नगर्दा धेरै समस्या आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यस्ता तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम, कर्तव्य र अधिकारबारे स्पष्ट बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन मद्दत पु¥याउँछ ।”

उहाँले तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्दै जनप्रतिनिधि र कर्मचारीले भ्रष्टाचारबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

अधिकृत उपाध्यायले भन्नुभयो,“गाउँपालिकामा गर्न नसकिने कुनै काम छैन । जाँगर र इमानदारिता भए विकास सम्भव छ ।,” 

तालिममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण प्रसाद खत्रीले स्थानीय तहका काम, कर्तव्य, अधिकार तथा प्रशासनिक प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा व्यक्तिगत घटना दर्ता, जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद, सामाजिक सुरक्षा भत्ता, बैंकिङ प्रणाली, विपद् पूर्वतयारी, योजना छनोट तथा सञ्चालन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

जिन्सी शाखा प्रमुख राजु यादवले संचालन गरेको कार्यक्रमको समापनमा बोल्दै गाँउपालिकाका प्रवक्ता एंव वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले जनप्रतिनिधि र कर्मचारीलाई विद्यमान ऐन, कानुन र नीति–नियमबारे जानकारी गराई उत्तरदायी तथा प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो  ।

वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, गाउँपालिका प्रवक्ता टिकानाथ यादव, वडा नम्बर २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, सामाजिक विकास समिति संयोजक राम अचल धोबी, वातावरण तथा विपद् समिति संयोजक राजेन्द्र सिंह,सूचना प्रविधि अधिकृत विकास जिसी,प्रशासन शाखा प्रमुख गोपी चौलागाई, वडा नं. ६ का सदस्य अजमत अलि, कार्यपालिका सदस्य तारावती खटिक, कान्ती काँदु, निर्माला हरिजन,लगायतको उपस्थिती रहेको थियो । 

तालिम समापन गर्दै अध्यक्ष राईले सहभागीहरू अब आफ्नो भूमिका, जिम्मेवारी र अधिकारबारे थप स्पष्ट भएको विश्वास व्यक्त गर्दै जनसेवालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार