मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

जनता प्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिहरुलाई माओवादीको शुभकामना

Youth Today News 1+ समाचार ( )
जनता संग निर्वाचनमा गरिएको बाचा पुरा गर्न प्रभावकारी अभियान चलाउन जरुरी
२१ जेठ २०७९, शनिबार

बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगञ्ज समितिले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनेर ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि उक्त अभियान सुरु गरि जनप्रतिनिधि र जनताबीचको सम्बन्ध सुदृढ बनाउने तर्फ केन्द्रित हुन माओवादी केन्द्र बाँकेकि सदस्य मिना कुमारी मल्लले  सुझाव दिनु भएको थियो । 

माओवादी केन्द्र नेपालगञ्ज समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमा बोल्ने वक्ताहरुले वडाबाट प्रवाह हुने सेवा सहज बनाएर अगाडि बढ्न सुझाव दिएका थिए ।

‘चुनावमा भोट माग्यौं, आश्वासन बाँड्यौं, चुनाव भएको पनि एक महिना बितिसक्यो तर जनतामा गुनासा र आक्रोश बढिरहेको छ,’ माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य नबिन शर्माले भने, ‘जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टीले अभियानमार्फत सहजीकरण गर्ने छ ।’

गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ । जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न माओवादी केन्द्र लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बमले बताए ।

नेपालगञ्ज समितिका अध्यक्ष रतन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय माओवादी नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार