मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

अपराधीक गतिबिधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२७ पौष २०८१, शनिबार

बाँके २७ पुस । बाँकेमा सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर अन्तरगत रहेको कटकुया बिओपिले सितलहर सुरु भएसँगै सिमा क्षेत्रबाट हुने तस्करी र अपराधीक गतिबिधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार सीमामा पैदल गस्ती सुरु गरिएको हो ।

नरैनापुरको घोरदौरिया सीमास्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भ सम्ममा दैनिक रुपमा अनुगमन गरिँदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनु भयो । सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दको कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनु भयो । 

 घोरदौरिया स्थिति सीमास्तम्भ ६३८/४ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर भगवानपुरमा पुगेर समापन गरिएको थियो । भारतसँग जोडिएको नरैनापुर बिओपिले ६३९/२० सिमास्तम्भ को ८ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्दै आएको प्रहरी नायब उपरिक्षक चन्दले जानकारी दिनु भयो ।

पैदल गस्तीमा सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिदै आएको सशस्त्र प्रहरीले जनाएको छ । 

सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिदै आएको बताउदै प्रहरी नायब उपरिक्षक चन्दले भन्नुभयो, सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको जिकिर गर्नुभयो ।

प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरूसँग अन्तर्क्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि गरी सीमा सुरक्षामा प्रभावकारिता बढाउन प्रहरी उपरीक्षक डाँगीले मातहतका निकायलाई निर्देशन दिएको बताउनु भयो ।

नरैनापुर बिओपिको निरिक्षण गर्दै प्रहरी उपरीक्षक डाँगीले सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेसहरूसमेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालन हुन निर्देशन दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार