मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगारी

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा काम गर्न चाहनेका लागि सिपमूलक तालिम पनि प्रदान गर्ने तयारी गरेको छ । तालिम लिएपछि चाहने व्यक्तिहरूलाई आन्तरिक रोजगारीमा जोड्ने वा वैदेशिक रोजगारीमा पठाउने योजना बनाइएको छ।

नवनियुक्त श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको निर्देशनअनुसार मन्त्रालयले जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गरी परिवारलाई मर्यादित र सुरक्षित रोजगारी अवसर उपलब्ध गराउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा पठाउन वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय गर्ने व्यवस्था पनि तय भएको छ।

जेनजी आन्दोलनमा करिब २ हजार ५०० जना घाइते भएका छन् भने ७६ जनाको मृत्यु भएको थियो । सरकारले आन्दोलनलाई जनआन्दोलन मान्यता दिएको छ र १० बुँदे सहमति अनुसार घाइते तथा शहीद परिवारको तत्कालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार