मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

मौन अवधिमा पनि बुष्ट गरेर चुनाव प्रचार गर्दै उम्मेदवार

महमूद आलम खान 1133+ समाचार ( )
निर्वाचन आयोगलाई बुष्ट गरेर चुनाव प्रचार गरिरहेकाहरुलाई कारवाही गर्न अधिकारकर्मीको माग
२७ वैशाख २०७९, मङ्गलबार

बाँके । स्थानीय तह चुनावका लागि राति १२ बजेदेखि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि मंगलबार राति देखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो ।

मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन ।

दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपर दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न पाउने छैनन् ।

सामाजिक सञ्जाल वा अरु माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री राख्न, पोष्ट गर्न, सेयर गर्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको निगरानी गर्ने र त्यस्ता गतिविधि भएमा तत्काल कारबाही गर्ने जनाएको छ ।

निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्मको कारबाही हुनसक्ने उल्लेख छ ।

यता बाँकेमा भने मौन अवधिको उल्लघंन गर्दै राजनितिक दल र केहि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी किन र के का लागि ? भन्ने सन्देश फेसबुकमा पोष्ट गरि बुष्ट गराएर प्रचार प्रसार गरे पनि निर्वाचन आयोगले कुनै तदारुकता देखाएको छैन । आयोगले तत्काल बुष्ट गरेका बिज्ञापनहरु तत्काल नरोकिए अन्य दलका उम्मेदवारहरुले समेत सिको गर्ने र आचारसंहिताको अर्थ समेत समाप्त हुने भएकोले समयमा नै सचेत बन्न अधिकारकर्मीले अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार