मुख्य समाचार
ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम | नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह |

काग्रेसको केन्द्रीय सदस्य पदका लागि अन्सारीले घोषणा गरे उम्मेदवारी

महमूद आलम खान 1133+ समाचार ( )
नेपाली कांग्रेसको १४ अधिवेशनमा पुर्वाञ्चलबाट मुस्लिम कोटाबाट केन्द्रिय सदस्यका लागि डा. हुसेन अन्सारीले उम्मेदवारी घोषणा गरेका हुन्
१४ मंगशिर २०७८, मङ्गलबार

इमरान खान 

सुनसरी । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य तथा १४ औं महाधिवेशन अधिवेशनबाट निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

नेपाली कांग्रेसको १४ अधिवेशनमा पुर्वाञ्चलबाट मुस्लिम कोटाबाट केन्द्रिय सदस्यका लागि डा. हुसेन अन्सारीले उम्मेदवारी घोषणा गरेका हुन् । सुनसरी क्षेत्र नं. ४ (ख) बाट भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ को वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रिय अधिवेशनबाट उनी भारी बहुमतले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको पृष्ठभुमि बोकेका परिवारका डा. अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ (ख) का पुर्व सभापति तथा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ को वर्तमान नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

आज भन्दा तीस वर्ष अगाडी सुनसरीको सदरमुकाम इनरुवालाई केन्द्र विन्दु बनाएर पत्रकारिता पेशामा ख्याति कमाएका डा. अन्सारी बंगलादेशबाट चिकिसाशास्त्रमा उपाधि हासिल गरि डाक्टर बनेका हुन । उनी विद्यार्थी जिवनमा ने.वि.संघमा सकृय रहि ने.वि. संघका निर्वतमान केन्द्रिय सदस्य समेत रहेका छन् । मुस्लिम समुदायका अग्रज नेताहरु पुर्वाञ्चलका जिल्ला अधिवेशनबाटै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भए पछि केन्द्रिय महाधिवेशन प्रतिनिधि गफार अंसारी केन्द्रिय तर्फ जान इच्छा नराखेकाले पनि अहिले पुर्वाञ्चलबाट केन्द्रिय सदस्यका लागि आफु उपयुक्त उम्मेदवार रहेको दाबी गरेका छन ।

केन्द्रिय सभापति शेर बहादुर देउवाको निकट रहेका डा.अन्सारी केन्द्रिय स्तरका नेताहरुसँग राम्रो पहुँच भएका युवा नेता हुन । केन्द्रिय नेताहरुको सल्लाह र परामर्श लिएर केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको डा. अन्सारीले बताए । मध्यमवर्गीय परिवारमा जन्मनु भएका डा. अन्सारी अनमोल हस्पिटल प्रा.लि.बाट सुविधा सम्पन्न अस्पतालहरु संचालन गरि आर्थिक सम्पन्नता हासिल गरेका छन् । हाल उनी औषधि व्यवसायको अन्र्तराष्ट्रिय कारोबारी हुन । सुनसरी क्षेत्र नं.४ को आर्थिक विपन्नतालाई आर्थिक सम्पन्नता तिर डोरयाउन भौतिक पुर्वाधार, कृषि ,स्वास्थ्य , शिक्षा क्षेत्र मा पहलकदमीका लागि हमेशा जागरुक रहि कार्य गरि रहेका छन् ।

पार्टीको संगठन लाई अझ सशक्त बनाउन डा. अन्सारी जस्तो उर्जावान , लगनसिल , बुद्धिजिवि जस्तो केन्द्रिय सदस्य जरुरी रहेको चौतर्फी आवाज उठने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार