मुख्य समाचार
बालेन र रविकै अघि गगनले भने-नेतालाई भगवान् नबाऊ | कांग्रेस-एमालेलाई पार्टी भित्रका अप्ठेरा सुल्झाउन रविको आग्रह | यो सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री | बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा | यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका | जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण | नरैनापुर पूर्णखोप सुनिश्चितता घोषणा, ३ जना स्वास्थ्यकर्मीको विदाइ | समावेशी विकासको आधार खोज्दै नरैनापुर : लैससास परीक्षण सम्पन्न | जानकीमा १५ शैयाको अस्पताल भवन हस्तान्तरण | नरैनापुर गाउँपालिकाको २० औं अधिवेशनबाट आर्थिक तथा विनियोजन विधेयक पारित |

सोफिया रेजिडेन्टल स्कुलको १८औँ बार्षिकोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 3434+ समाचार ( )
४ पौष २०८१, बिहीबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा रहेको सोफिया रेजिडेन्टल स्कुलले आज बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो १८ औं बार्षिकोत्सव तथा क्रिसमस समारोह सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबि बसेलको सभापतित्व एवं नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि थापाले शिक्षा क्षेत्रको बिकासका लागि देशको सबै क्षेत्रको बिकासका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेको बताउनु भयो ।

राज्य सञ्चालकहरुको उदासिनताका कारण देशको शिक्षाको बिकास प्राथमिकतामा नपरेको गुनासो गर्दै उहाँले भन्नुभयो, शिक्षाको गुणस्तर उकास्न निजि विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नमा सोफिया स्कुलको योगदान प्रशंसनिय रहेको बताउनु भयो । उहाँले जिल्लाकै उत्कृष्ट विद्यालयहरुको रुपमा सोफिया स्कुललाई निकट भविष्यमै घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

शिक्षा क्षेत्रको बिकासका लागि निजी विद्यालयहरुले निकै योगदान गरेको भन्दै सवैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माण लागि लाग्नु पर्नेमा प्रमुख थापाले जोडदिनु भएको थियो । शिक्षा क्षेत्रको बिकासका लागि सरकारी र निजी शिक्षा भनेर बिभेदको खाडल सिर्जना गर्नुभन्दा उनीहरुको समन्वयमा परिणाममुखी काम गर्नुपर्ने जिकिर गर्नु भयो । 

विद्यालयका बिधार्थीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डाक्टर डक्ट प्रसाद धितालले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल सोफिया स्कुल गाउँतहमा शिक्षाको बिकासका लागि महत्वपूर्ण काम गरेको बताउनु भयो । अहिले सवै अभिभावकले आफ्ना सन्ततीलाई कसरी राम्रो, समयसापेक्ष शिक्षा दिने भनेर खोजिरहेको अवस्थामा त्यसको परिपूर्ति सोफिया स्कुलले गर्नुपर्ने सुझाव दिनु भयो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सुशिला बसेलले विद्यालयले गरेका गतिबिधिलाई समेटेर बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापहरु प्रस्तुत गरेका थिए । १८ वर्ष अगाडि विद्यालय संस्थापक प्राचार्य सुशिला बसेलले ४ जना विद्यार्थीबाट सुरु गरेको विद्यालयमा अहिले १२ कक्षा सम्म ८०० बढि विद्यार्थीहरू पढ्दै आईरहेका छन । विगतका दिनहरूमा विभिन्न उतारचढाव पार गर्दै विद्यालय अहिले यो अवस्थामा आइपुगेको देख्दा अत्यन्तै खुसी लागेको बिद्यालयका अध्यक्ष बसेलले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार