मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

बाँके । बाँकेको राप्ती सोनारीमा ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ । 

राप्ती सोनारी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा स्थित रंगशालामा महोत्सव हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन शुक्रबार(आज) आयोजित पत्रकार सम्मेलनमा राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले कृषि पर्यटन व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको बताउनुभयो । महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहनेछन्,’ उहाँले भन्नुभयो । 

अध्यक्ष ढुंगानाका अनुसार महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धी स्टलहरु रहनेछन् । महोत्सवमा व्यापार व्यवसायका साथै राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन प्रदान गरिने संघका महासचिव मोहन गौतमले जानकारी दिनुभयो । ‘महोत्सवमा हरेक दिन स्थानीय एवम् राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन्,’ उहाँले भन्नुभयो ‘हामी राप्ती सोनारीका स्थानीय कलाकारलाई पनि कार्यक्रममा सम्झिनेछौं ।’ महोत्सव सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य हुने उहाँले बताउनु भयो ।  

महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । स्थानीय अर्गानिक, रैथाने कृषि उत्पादन, स्थानीय सिपबाट उत्पादित बस्तु, स्वदेशी उद्योगबाट उत्पादित बस्तुको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणका लागि उद्योगी तथा ब्यवसायीहरुलाई सहयोग पुर्याउँदै स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । बाँकेको राप्ती सोनारी तथा नरैनापुर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसारका लागि पहल गर्न पनि महोत्सव सफल हुने विश्वास लिइएको छ । 

बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हबका रुपमा विकास गर्नुका साथै पर्यापर्यटनका क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न महोत्सवले मद्धत पुर्याउने आयोजकको अपेक्षा छ । महोत्सवबाट संकलित रकमले राप्ती सोनारी उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि अत्याधुनिक भवन निर्माण गरिने आयोजकले जनाएको

छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार