मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उतीर्ण

यूथ टुडे समाचारदाता 3462+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । 

नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी रहेका थिए र आंशिकतर्फ १ लाख १५ हजार सहभागी थिए ।

नेपाल शिक्षक महासङ्घको शैक्षिक हडतालसहितको काठमाडौँ केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थी नतिजा प्रकाशनमा नन ग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।

बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार