मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उतीर्ण

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । 

नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी रहेका थिए र आंशिकतर्फ १ लाख १५ हजार सहभागी थिए ।

नेपाल शिक्षक महासङ्घको शैक्षिक हडतालसहितको काठमाडौँ केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थी नतिजा प्रकाशनमा नन ग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।

बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार