मुख्य समाचार
कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण |

नेपालगन्ज मेडिकल कलेजमा निर्णायक आन्दोलन हुने

महमूद आलम खान 1133+ समाचार ( )
अस्पताल ब्यवस्थापन पक्षले उनीहरुको मागलाई पूर्ण रुपले सम्बोधन गर्न सकेको थिएन
१ कार्तिक २०७८, सोमबार

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले निर्णायक आन्दोलनको तयारी गरेका छन् । तलव, भत्ता लगायत सेवा सुविधा सम्बन्धी माग राख्दै कर्मचारीले यसअघि पटक पटक आन्दोलन गरेका थिए । अस्पताल ब्यवस्थापन पक्षले उनीहरुको मागलाई पूर्ण रुपले सम्बोधन गर्न सकेको थिएन ।

अहिले पुनः विभिन्न ७ बुँदे माग राख्दै तीन वटै कर्मचारी संगठनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गरी नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघ, कर्मचारी संगठन र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले संयुक्त रुपमा आन्दोलन घोषणा गरे । उनीहरुले यसपटकको आन्दोलन निर्णायक हुने र ब्यवस्थापन पक्ष माग पुरा गर्न बाध्य हुने पनि बताए । आन्दोलन अन्तर्गत सोमबार पत्रकार सम्मेलनसहित हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।  

पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले आन्दोलन कार्यक्रम अन्तर्गत मंगलबार मेडिकल कलेजको प्रशासनिक कार्यालयमा तालाबन्दी गरिने बताए । उनका अनुसार बुधबार शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरका आपतकालिन बाहेकका अन्य सेवा बन्द गरिनेछ । आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी स्वयं कलेज ब्यवस्थापनले लिनुपर्ने कर्मचारीको चेतावनी छ ।

आन्दोलन परिचालन समितिका सह(संयोजक कुश्माखर बस्यालले यस पटक कडा र निर्णायक आन्दोलन हुने बताए । अर्का सह(संयोजक मुनिर खाँले अस्पतालबाट हुने आम्दानी अनुसार खर्च कर्मचारीको तलब, भत्ता बृद्धि नभएको बताए । मेडिकल कलेजले गर्ने खर्चभन्दा तेब्बर बढी आम्दानी भइरहेको सुनाए ।

मेडिकल कलेज ब्यवस्थापन र कर्मचारीबीचको विवाद श्रम कार्यालय हुदै विभाग र मन्त्रालयसम्म पुगेपनि समाधान हुन सकेको छैन । अस्पताल ब्यवस्थापन पक्षले भने कर्मचारीले कामभन्दा बढी अनावश्यक रुपमा राजनीति गरिरहेको आरोप लगाउँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार