मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

सबै संघीय ऐनहरु सरकारले यसै अधिवेशनमा संसदमा लैजान्छ : उपप्रधानमन्त्री खड्का

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

भैरहवा । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् । उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारेका हुन् ।

नेपाली कांग्रेस ठूलो दल भएपनि पुस १० गतेपछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै उनले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको जिकिर गरे ।

कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताए ।

‘प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेससहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा सङ्घदेखि प्रदेशसम्म अभियान चलायौँ’, उनले भने, ‘यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धि समीक्षाको विषय हुनुपर्छ, केही कमीकमजोरी भए यसलाई सच्याउनुपर्छ ।’

उपप्रधानमन्त्री खड्काले संघले बनाउनुपर्ने सबै संघीय ऐनहरूलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसद्मा लैजाने बताए । उनले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन र सङ्घीय प्रहरी ऐन, समानान्तररूपमा अगाडि बढेको र चाँडै संसदमा पेस हुने बताए ।

उपप्रधानमन्त्री खड्काले ढिलोमा आठ–दश दिनभित्र संघीय शिक्षा ऐन संसदमा जाने बताए । आवश्यक ऐन सके यसै अधिवेशनमा एवं अन्यलाई हिउँदे अधिवेशनमा पेस गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको उनको भनाइ छ । ऐनहरू संसदमा पेस गर्नुअघि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी अगाडि बढ्ने उनले बताए ।

भैरहवामा सम्पन्न कार्यक्रममा कांग्रेसका कार्यकर्ताले निर्वतमान पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई नियतवश फसाइएको बताउँदै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । सरकारमा कांग्रेस रहेपनि खाँणलाई चाहिने आवश्यक सहयोग नगरेको कार्यकर्ताको गुनासो थियो ।

कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले भने, ‘जिम्मेवारीमा रहेका नेतासँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार