मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

नेपालगञ्ज ५ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अजिजको घोषणा पत्र सार्वजनिक

महमूद आलम खान 1131+ समाचार ( )
जनमुखी घोषणा पत्रले नागरिक हर्षित
२१ वैशाख २०७९, बुधवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै हल्वाईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

प्रतिवद्धता पत्रमा  शिक्षा, जनचेतना र सूचना प्रविधी, वातावरण र सरसफाइ, विपन्न परिवारलक्षित कार्यक्रम, स्वास्थ्य तथा लक्षित समूह कार्यक्रम, विकास जनमूखी कार्यक्रम समेटिएको उनले बताए ।

कानुनको बिधार्थी समेत रहेका हल्वाईले निर्वाचित भए सरकारी कोषबाट सवारीसाधन, इन्धन खर्च नगर्ने बताए । प्रतिवद्धता पत्रमा समेटिएका कुरा पूरा गर्न नसके वडा अध्यक्ष पदबाट सन्यास लिने घोषणा गरेका छन् ।

सामुदायिक विद्यालयलाई नमुना बनाउनेमा जोड दिएका हल्वाईले बीचैमा विद्यालय छाड्नेको समस्या पहिचान गर्दै बालबालिकाको माध्यामिक तहसम्म निरन्तर अध्ययनको वातावरण बनाउने बताउदै वडाका ५ जना युवा युवतीहरुलाई निशुल्क रुपमा एलएलबि अध्ययन गराउने प्रतिबद्धता व्यक्त गरे । 

विपन्न परिवारको पहिचान गरी गरिबीको रेखामुनि रहेका सबैको स्वास्थ्य बीमा गराउने हल्वाईको प्रतिवद्धता पत्रमा उल्लेख छ। गर्भवति महिला र नवजात शिशुलाई पोषण, जेष्ठ नागरिक र अशक्तलाई घरमै प्राथमिक उपचार सेवा उपलब्ध गराउने उनले बताए । 

वडा अध्यक्षका उम्मेदवार हल्वाइले तयार पारेको घोषणा पत्र मानव अधिकार मैत्री रहेको भन्दै स्थानीयले अजिजलाफ साथ दिने बताएका थिए । उनले आफ्नो प्रतिबद्धता पत्रमा वडाको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई घरमा पुगेर सेवा दिनुका साथै स्थानीय संस्थाहरु संग सहकार्य गरि रक्तदान शिविरको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार