मुख्य समाचार
योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न |

नेपालगञ्ज ५ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अजिजको घोषणा पत्र सार्वजनिक

महमूद आलम खान 1133+ समाचार ( )
जनमुखी घोषणा पत्रले नागरिक हर्षित
२१ वैशाख २०७९, बुधवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै हल्वाईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

प्रतिवद्धता पत्रमा  शिक्षा, जनचेतना र सूचना प्रविधी, वातावरण र सरसफाइ, विपन्न परिवारलक्षित कार्यक्रम, स्वास्थ्य तथा लक्षित समूह कार्यक्रम, विकास जनमूखी कार्यक्रम समेटिएको उनले बताए ।

कानुनको बिधार्थी समेत रहेका हल्वाईले निर्वाचित भए सरकारी कोषबाट सवारीसाधन, इन्धन खर्च नगर्ने बताए । प्रतिवद्धता पत्रमा समेटिएका कुरा पूरा गर्न नसके वडा अध्यक्ष पदबाट सन्यास लिने घोषणा गरेका छन् ।

सामुदायिक विद्यालयलाई नमुना बनाउनेमा जोड दिएका हल्वाईले बीचैमा विद्यालय छाड्नेको समस्या पहिचान गर्दै बालबालिकाको माध्यामिक तहसम्म निरन्तर अध्ययनको वातावरण बनाउने बताउदै वडाका ५ जना युवा युवतीहरुलाई निशुल्क रुपमा एलएलबि अध्ययन गराउने प्रतिबद्धता व्यक्त गरे । 

विपन्न परिवारको पहिचान गरी गरिबीको रेखामुनि रहेका सबैको स्वास्थ्य बीमा गराउने हल्वाईको प्रतिवद्धता पत्रमा उल्लेख छ। गर्भवति महिला र नवजात शिशुलाई पोषण, जेष्ठ नागरिक र अशक्तलाई घरमै प्राथमिक उपचार सेवा उपलब्ध गराउने उनले बताए । 

वडा अध्यक्षका उम्मेदवार हल्वाइले तयार पारेको घोषणा पत्र मानव अधिकार मैत्री रहेको भन्दै स्थानीयले अजिजलाफ साथ दिने बताएका थिए । उनले आफ्नो प्रतिबद्धता पत्रमा वडाको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई घरमा पुगेर सेवा दिनुका साथै स्थानीय संस्थाहरु संग सहकार्य गरि रक्तदान शिविरको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार