मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

महमूद आलम खान 1132+ समाचार ( )
विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।
२५ फाल्गुन २०७८, बुधवार

एजेन्सी ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।

लाहोरमा केही हप्ता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने र सरकारको समर्थन फिर्ता लिन आह्वान गर्ने उनले बताएका थिए ।

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १७२ भोट भए पुग्छ । त्यसैले विपक्षी गठबन्धन अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन सक्रिय छ ।

इमरान खानको पार्टी पीटीआईसँग संसदमा १५५ सिट छ । उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ ।

इमरान खान नेतृत्वको सरकारका प्रमुख साझेदार दल पाकिस्तान मुस्लिम लीग कायद-ए-आजम (पीएमएल-क्यू) र मुत्ताहिदा कौमी मुभमेन्ट हुन् । यी पार्टीका नेताहरुले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । यिनै आलोचक दलहरुलाई आफ्नो पक्षमा ल्याउन विपक्षी गठबन्धन सक्रिय छ । यद्यपि यी सहयोगी दलहरु इमरान खानको विपक्षमा उभिने स्पष्ट संकेत अहिलेसम्म नदेखिएको बीबीसीले जनाएको छ ।

विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन् । विपक्षीको विरोधलाई रोकथाम गर्ने प्रयासमा प्रधानमन्त्री खानले पेट्रोलको मूल्य र बिजुलीको महसुलमा केही कटौतीको निर्णय गरेका छन् । साथै सामाजिक कल्याण योजना अनुसार अधिक अनुदान दिने लगायतको घोषणा पनि खानले गरेका छन् ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार