मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

कांग्रेस संसदीय बैठक
संसदको गतिरोध अन्त्य गर्न सभापति देउवालाई अग्रसरता लिन सुझाव

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
२६ श्रावण २०८०, शुक्रबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले संसद्को गतिरोध अन्त्य गर्न पार्टीले पहल गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा उनीहरुले संसदमा उत्पन्न गतिरोध अन्त्यका लागि सभापति शेरबहादर देउवालाई अग्रसरता लिन सुझाव दिएका हुन् ।

सांसद प्रदीप पौडेलका अनुसार बैठकमा सुन तस्करी प्रकरणबारे समेत छलफल भएको छ । छलफलका क्रममा सांसद अवरुद्ध हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको भन्दै गतिरोध अन्त्य गर्न पार्टी सभापतिले पहल गर्नुपर्ने नेताहरुले बताएका थिए ।

यस्तै, बैठकमा सांसदहरूले राज्यका निकायलाई नै छानबिन गर्न दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै, सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा समेत कांग्रेसका सांसदहरूले सरकारले गलत गरेको बताए ।

‘यो गलत भयो, सरकार प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको देखियो । आवाज थुन्ने प्रक्रियाका विपक्षमा कांग्रेस उभिनुपर्छ’ बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूको धारणा थियो ।

शुक्रबारको करिब १५ जना सांसदले बोलेका थिए । अर्को बैठक आइतबार बस्ने जनाइएको छ । कांग्रेसले संसद्को अवरोध हटाउने तथा संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकलगायत सात एजेन्डामा छलफल गर्न दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार