मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

काठमाडौँ । यही मङ्सिर २४ देखि २७ गतेसम्म आयोजना हुने ‘१२औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । 

सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।

“यस पटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुनेछन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भन्नुभयो ।

महोत्सवमा कान्स र बर्लिनजस्ता विश्व चर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरू ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतको सहभागिताले महोत्सवको रौनकता बढाएको महोत्सव निर्देशक खत्रीले बताउनुभयो ।

महोत्सवको सुरुआत सोमबार कान्समा पुरस्कृत लघु चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ हुनेछ । उहाँले महोत्सवअन्तर्गत ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिइने समेत बताउनुभयो । 

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभा हलमा सञ्चालन हुनेछ । 

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार