मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


चिसो तथा शितलहरको जोखिममा रहेका समुदायलाई राहत दिन डिडिएमसिको निर्णय

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
नरैनापुर गाँउपालिकाले विपद पूर्व तयारी कार्यविधि निर्माण गरी संचालनमा ल्याएको भन्दै प्रशंसा गरिएको थियो अन्य पालिकाहरुलाई समेत कार्यबिधि निर्माण गर्न आग्रह गर्ने निर्णय गरिएको थियो ।
१३ पौष २०७९, बुधवार

बाँके । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहरबाट जोखिममा पर्न सक्ने समुदायको पहिचान गरी राहत दिन निर्णय गरेको छ ।

समितिको आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको बैठकले चिसो तथा शितलहरका कारण जोखिममा पर्न सक्ने विपन्न परिवार, जेष्ठ नागरिक,बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने निर्णय गरेको हो । 

बैठकले चिसो तथा शितलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सब डिभिजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने निर्णय पनि गरेको छ । दाउरा उपलव्ध गराउँदा सहुलियत दर रेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने बैठकको निर्णय छ ।

चिसो तथा शितलहरको प्रभावबाट बच्न र बचाउनको लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले स्थानीय भाषा समेतमा जनचेतनामूलक सामग्री तयार गरी जिल्लास्थित सबै एफएम रेडियो, पत्रपत्रिकामा सन्देशहरु प्रसारण र प्रकाशन गर्ने निर्णय पनि गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 

यस्तै कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्युनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने, स्थानीय तहबाट राहत वितरणमा एकरुपता तथा प्रभावकारी बनाउन निश्चित मापदण्ड तय गरी आवश्यक पर्ने राहत सामग्री खरिद तथा वितरणको लागि Standby Agreement वा खरिद गरी राख्न सबै नगरपालिका र गाउँपालिकाहरुले तयारी गर्ने निर्णय पनि आजको बैठकले गरेको ज्ञवालीले बताए । 

साथै आवश्यक न्यानो कपडा लगायतका राहत सामग्री उपलव्ध गराउन संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस, राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थाहरु र निजी क्षेत्रहरुलाई समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै बाँके जिल्लामा विगतदेखि नै आपतकालीन सेवाहरु दमकल, एम्वुलेन्स, छाडा पशुचौपायाको व्यवस्थापन हुँदै आइरहेकोमा यस सेवालाई थप प्रभावकारी बनाउन जिल्लास्तर तथा पालिकास्तरमा कार्यविधि तयार गरी सेवालाई प्रभावकारी बनाउने सम्वन्धमा समेत बैठकमा छलफल गरिएको थियो । साथै नेपालगञ्ज उपमहानगरपालिकामा युरोपियन यूनियनको सहयोग तथा UNDP/UNICEF/UNWOMEN/NRCS को साझेदारीमा सञ्चालनमा रहेको शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी कार्यक्रमको प्राविधिक सहयोगमा कार्यविधि निर्माण कार्य गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै नरैनापुर गाँउपालिकाले विपद पूर्व तयारी कार्यविधि निर्माण गरी संचालनमा ल्याएको भन्दै प्रशंसा गरिएको थियो अन्य पालिकाहरुलाई समेत कार्यबिधि निर्माण गर्न आग्रह गर्ने निर्णय गरिएको थियो ।

बैठकले २०७८ फागुन २३ गतेको समितिको बैठकको निर्णय अनुसार जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट जिल्लाको समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन योजना निर्माण, विपद् पूर्व तयारी तथा समन्वयका लागि बाँकेका सवै स्थानीय तहको लागत साझेदारी रहने गरी सूचना व्यवस्थापन अधिकृतमार्फत कार्य हुँदै आएकोले यस बर्ष पनि सो कार्यलाई निरन्तरता दिने गरी लागत साझेदारीका लागि पूर्ववत बैठकले गरेको निर्णय अनुसार नेपालगञ्ज उपमहानगरपालिकाबाट २ लाख, कोहलपुर नगरपालिकाबाट १ लाख ५० हजार र ६ वटै गाउँपालिकाबाट १ लाखका दरले जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलव्ध गराउने निर्णय भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, माओबादी केन्द्रका सचिव अमिर केसी, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबद्र्धनसिंह सम्झना, नरैनापुर गाँउपालिकाका लेखा अधिकृत भरत बस्नेत, पालिका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार