नरैनापुर । बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए।
उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिए पछि नरैनापुर गाउँपालिकाले दादुरा रुबेला बिरुद्धको खोप दिन सुरु गरेको थियो ।