मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२८ मंगशिर २०८२, शनिबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।

बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो । 

क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्नु रहेको थियो ।

सो रणनीतिले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विश्वव्यापी तापवृद्धिका असर न्यूनीकरण गर्ने दिगो पहलहरूलाई पनि प्राथमिकतामा राखेको जनाईएको छ । 

कार्यशालामा कार्यसमिति सदस्य तथा परियोजना कर्मचारी गरी ३५ जनाको सहभागीता रहेको थियो । क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार पाँच दिनसम्म सहभागीहरूले संस्थागत अवस्था विश्लेषण, विद्यमान चुनौती पहिचान, रणनीतिक प्राथमिकता निर्धारण तथा आगामी पाँच वर्षका स्पष्ट कार्यदिशा तय गर्न गहन छलफल, समूहकार्य र मन्थन गरेका थिए ।

सहभागीहरूको उत्साहपूर्ण र सक्रिय सहभागिताले कार्यशालालाई सफल बनाएको क्लबले जनाएको छ । कार्यशालाबाट संस्थाको दृष्टि, लक्ष्य, रणनीतिक उद्देश्य र प्रमुख परिणाम क्षेत्रहरू समेटिएको बलियो, व्यवहारिक र भविष्यदृष्टि युक्त पाँच वर्षे रणनीतिक योजना मस्यौदा तयार भएको अध्यक्ष सिद्दिकीले बताउनुभयो । 

कार्यशालाको सहजीकरण बिनय दिल लामाले गर्नु भएको थियो । उहाँले संरचित, अन्तरक्रियात्मक र समग्र ढंगले सत्रहरू सञ्चालन गर्दै सहभागीहरूलाई गहिरो चिन्तन, प्रभावकारी योगदान र साझा दृष्टि निर्माणमा सहयोग पुरयाउनु भएको थियो । 

बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा भएको कार्यशालाको समापन सत्रमा विशेष अतिथिका रूपमा क्लबका अध्यक्ष सिद्दीकी तथा कार्यकारी निर्देशक तुलाधर रहनुभएको थियो । अन्य अतिथिहरूमा सहजकर्ताहरु बिनय दिल लामा र विवेक नेपाल रहनुभएको थियो । 

सहभागीहरूको तर्फबाट बोल्दै भगवती बि.के.ले कार्यशालालाई अत्यन्तै फलदायी र रणनीतिक योजना सम्बन्धी गहिरो ज्ञान हासिल गर्ने अवसरका रूपमा रहेको बताउनुभयो ।  

सोही प्रकारको क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दीकीले रणनीतिक योजनाले प्रभावकारी सेवा प्रवाह र समग्र सामाजिक विकासका लागि स्पष्ट रोडम्याप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार