मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचार विरुद्धको हस्ताक्षर बुझाईयो

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
भ्रष्टाचार विरुद्धको हस्ताक्षर ब्यानर बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाईएको छ ।
७ पौष २०८०, शनिबार

नेपालगन्ज । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बास नेपालले संकलन गरेको हस्ताक्षर आज बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई बुझाईएको हो । 

बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, सचिव दिला शाह, पूर्व अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लागायतले उक्त हस्ताक्षर ब्यानर प्रमुख जिल्ला अधिकारी पोख्रेललाई हस्तान्तरण गरेका थिए ।

हस्ताक्षर ब्यानर ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले व्यानर तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बास नेपालद्वारा संचालित सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंसिर २० गते नेपालगन्जको बिपि चौकमा हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रम संयोजक शोभा थापा मगरका अनुसार ब्यानरमा एक हजार बढिले हस्ताक्षर गरेका थिए ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरि लेखिएको उक्त व्यानरमा मुलुकमा व्याप्त भ्रष्टाचार विरुद्ध शुन्यसहनशिलता कायम गरि भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि विशेष पहल गर्न बाँकेबासीका तर्फबाट जोडदार माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार