मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्।

निर्वाचन आयोगमा पेश कागजातअनुसार नयाँ दलको अध्यक्षमा टिकापुरका जेनजी उमेर समूहका कबीर सोब भने चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ ।

२७ वर्षीय ‘जेनजी’ कविर सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार निर्वाचन आयोगमा निवेदन दिइएको हो ।

सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान यो दलको संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन् । पार्टीभित्र परिवारवाद लादेको भन्दै खानले असोज २ गते जनमत त्यागेका थिए ।

नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकमा रेशमलाल चौधरी छन् । गएको भदौ २९ गते चौधरीले यो पार्टीको घोषणा गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैँ संरक्षण भएर पार्टी खोलेका थिए । उनले २०७८ पुसमा जेलभित्रै बसेर पार्टी गठन गरेका थिए।

उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए । गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाणित भई कारावास रहेका बेला पार्टी खोलेकाले उनी अध्यक्ष बन्न पाएका थिएनन् । त्यसैले उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।

२०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि उनले त्यही पुसमा पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले उनी नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गरिदिएन ।

गत साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी श्रेष्ठलाई अध्यक्षबाट हटाएर बाबु लालवीरलाई पार्टी नेतृत्वमा ल्याए पनि निर्वाचन आयोगले उक्त कमिटी पनि अद्यावधिक नगरेपछि उनले नयाँ पार्टी गठनको गृहकार्य थालेका थिए ।

रञ्जिताले दिइन् बधाई

रेशम चौधरीले कविर सोबलाई पार्टीको अध्यक्ष बनाएपछि रञ्जिता श्रेष्ठले सामाकिज सञ्जालमातर्फ बधाई दिएकी छन् ।

आफूसँगै कविर फोटो राख्दै उनले फेसबुकमा लेखेकी छन्– ‘नागरीक उन्मुक्ती पार्टी नेपालको अध्यक्ष भएकोमा भान्जा कविर लाई धेरै धेरै शुभकामना ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार