मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

पत्रकार कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मित्र मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ ।
२४ वैशाख २०८०, आइतबार

बाँके ।  शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका)  पत्रकार मित्र मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ । 

लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री  शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको छ ।

सामाजिक अभियन्ता लोकराज जैसी ल‍ोकेशको पहलमा आर्थिक अभियान संचालन गरिएको कार्यक्रममा डा. रविन्द्र बासकोटी ,डा. निस्ता श्रेष्ठ , सुनिल पोखरेलबाट रु  १ लाख ८० हजार सहयोग भएको र अरु सानोतिनो रकम अन्य दाताहरुबाट भएको अभियन्ता जैसीले बताउनुभयो । अझै केही रकम ५४ हजार ७ सय २५ अपुग भएको हुदा सहयोगी दाता खोजिरहेको उहाँले बताउनुभयो । पत्रकार महासंघ र प्रस काउन्सिल नेपाललाई समेत सहयोग गर्न भनेको उहाँले बताउनुभयो ।

रु २ लाख १८ हजार ९ सय रुपैयाँ परेको उक्त स्कुटर पाएपछि प्रतिक्रिया दिदै पत्रकार कठायतले सबैलाई धन्यवाद दिदै निरन्तर पत्रकारितामा  कलम चलाउने प्रतिवद्दता जनाउनुभयो ।  

नेपालगन्जमा ग्यारेज सञ्चालन गरेका सलमान राईले उक्त स्कुटरमा तीन पाङ्ग्रे बनाउन  प्राविधिक सहयोग गरेको जैशीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार