मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

आजेखि १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउन सुरु

महमूद आलम खान 1133+ समाचार ( )
हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम सुरु भएको छ।
२७ फाल्गुन २०७८, शुक्रबार

बाँके । सरकारले आजेखि १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम सुरु भएको छ।

हात्तिपाइले रोग विरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो। सरकारले ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरेको छ। यो औषधिलाई लुतोको उपचारमा पनि प्रयोग गरिन्छ। विश्व स्वास्थ्य संगठनले नै यो औषधिलाई हात्तिपाइले रोगविरुद्ध प्रयोगका लागि अनुमती दिएको डा दासको भनाइ छ। 

डा दासका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली हो। यी जिल्लाहरुमा डाइथाइलकार्बामाजिन प्रयोग गरिएका व्यक्तिहरुमा पनि हात्तिपाइले रोग निवारण हुन नसकेपछि आइभरमेक्टिन औषधि थप गरिएको डा दासको भनाइ छ।

‘हाम्रो सर्वेमा लक्ष्य अनुसार प्रगती हुन नसकेका ५ जिल्लामा औषधि थप गरिएको हो,’ डा दासले भने, ‘रोग निवारण नभएर नै नयाँ औषधि थप गरिएको हो।’

यस्तै दुई प्रकारका औषधि प्रयोग गरिने जिल्लामा झापा, बारा, लमजुङ, पर्वत र बागलुङ रहेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तिपाइले रोग निवारण हुने लक्ष्य लिएको थियो। तर नेपालमा अझै पनि जोखिम रहेकाले औषधि वितरण कार्यक्रम हुँदै आएको छ।

नेपालमा विगतमा ६३ जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। अहिले ४८ वटा इन्डेमिक जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको छ।

हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार