मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बैजनाथमा ८२ करोडको बजेट सार्वजनिक

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
११ असार २०८२, बुधवार

बाँके । बैजनाथ गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो।

यस वर्षको बजेटमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। साथै, विगतदेखि सञ्चालनमा रहेको लोकप्रिय कार्यक्रम “किसानसँग पालिका प्रमुख” का लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उपाध्यक्ष रोकायले बताउनुभयो।

गाउँसभा बैजनाथ गाउँपालिकाको सभाहलमा सोमबार दिउँसो २ बजे सुरु भएको थियो। सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको थियो। बजेट प्रस्तुत गर्नु अघि प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पुर्ब प्रसाद जैसी, प्रशासन प्रमुख तप्तराज आचार्य र आन्तरिक लेखा परीक्षक उपेन्द्र ढुंगानाले बजेटको सुटकेस उपाध्यक्ष रोकायलाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि उपाध्यक्ष रोकाय सभामा प्रवेश गर्नुभएको थियो।

सभामा गाउँसभा सदस्यहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रममा प्रशासन प्रमुख तप्तराज आचार्यले सभा सुरु भएको जानकारी दिनुभएको थियो।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा समावेश प्राथमिकताहरूलाई आगामी वर्षको कार्ययोजनाको मेरुदण्डको रूपमा लिइएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार