मुख्य समाचार
नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले |

नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान
माओवादी केन्द्र बाँकेको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3401+ समाचार ( )
६ अशोज २०८०, शनिबार

बाँके । नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रमहरु गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ । 

शनिबार अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ कमिटीले बेलासपुरमा नाक, कान घाँटी तथा दाँत रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीय सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच तथा निःशुल्क रुपमा औषधी वितरण गरिएको माओवादी केन्द्र १२ नम्बर वडाले जनाएको छ । 

स्वास्थ्य शिविरमा नाक, कान, घाँटी तथा दाँत रोग सम्बन्धित दुई सय पाँच जना स्थानीय सर्वसाधारणको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको माओवादी केन्द्रले जनाएको छ । 

बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लि. नेपालगञ्जले नाक, कान तथा घाँटी सम्बन्धी रोगका विरामीहरुको निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्न समन्वय गरेको र शाही डेन्टल क्लिनिक नेपालगञ्जले निःशुल्क रुपमा दाँतको चेकजाँच र औषधी वितरण गर्न समन्वय गरी सहयोग गरेको वडा अध्यक्ष चिडिमारले जानकारी दिनुभयो । 

बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लि.का नाक, कान तथा घाँटी रोगका अडियोलोजिष्ट पुरन चौधरीले शिविरमा धेरै जसो कानको जाली प्वाल परेका, कान पाकेका, कानको नसा कमजोर भई श्रवण शक्ति कम भएका तथा कानेगुजी सम्बन्धी रोगी विरामीहरु पाइएको बताउनुभयो । त्यसैगरी फ्यारेन्जाइटिसका कारण घाँटी चिलाउने तथा दुख्ने समस्या भएका घाँटीका रोगी विरामीहरु पाइएको बताउनुभयो । 

शाही डेन्टल क्लिनिकका दन्त रोग विशषेज्ञ डा. सिर्जु पोख्रेलले दाँतमा किरा लागेका, इन्फेक्सनका कारण दाँतको गिँजा सुन्निएका, पाकेर पिप सम्म निस्केका लगायतका दाँतका समस्या भएका रोगी विरामीहरु चेकजाँच गर्न आएको बताउनुभयो । 

सामान्य खालका समस्या भएका विरामीहरुलाई शिविरमै निःशुल्क रुपमा औषधी वितरण गरिएको र जटिल तथा अप्रेसन नै गर्नुपर्ने समस्या देखिएका विरामीहरुलाई सम्बन्धित स्वास्थ्य सँस्थाले ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार सेवा दिने व्यवस्था गरिएको सम्बन्धीत स्वास्थ्य सँस्थाले जानकारी दिए ।

नेपालगञ्ज १२ नम्बर वडाको बेलासपुरमा सञ्चालनमा ल्याइएको सो शिविरमा प्रायः मधेसी समुदायका महिलाहरु स्वास्थ्य चेकजाँच गराउन आएका थिए । निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा निःशुल्क रुपमै औषधी पाउँदा सर्वसाधारण खुसी देखिन्थे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार