मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१८ श्रावण २०८३, सोमबार

बाँके । बाँकेमा करिब तीन करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा आएको छ ।

स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना तथा व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको आवश्यकता बढ्दै गएको अवस्थामा व्यवस्थित, सुरक्षित र गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मोहित गुप्ताले जानकारी दिनुभयो ।

‘एम.आर. गुरु फिटनेस’को उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम र शारीरिक सक्रियता आवश्यक रहेको बताउँदै आधुनिक पूर्वाधारसहित फिटनेस सेन्टर सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो । उहाँले फिटनेस क्षेत्रलाई व्यावसायिकतासँगै स्वास्थ्य र अनुशासनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भरतोलनका ओलम्पियन तथा लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण संरक्षणमन्त्री सुरेन्द्र हमालले शारीरिक स्वास्थ्य र मानसिक स्फूर्तिका लागि नियमित व्यायामको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले युवापुस्तालाई खेलकुद र फिटनेसप्रति आकर्षित गर्न यस्ता संस्थाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष मनोज श्रेष्ठले शुभकामना व्यक्त गर्दै आधुनिक र व्यवस्थित फिटनेस सेन्टरले स्थानीयस्तरमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सञ्चालक मोहित गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता ‘एम.आर. गुरु फिटनेस’का अर्का सञ्चालक रमेश जैसवालले गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जय मिश्रा, बाँके स्ट्रन्थ लिफ्टिङ संघका अध्यक्ष, नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव मोहम्मद जुबेर राई, अधिवक्ता विश्वजित तिवारीलगायतले फिटनेस सेन्टरको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भाइराजा श्रीवास्तवले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा ‘एम.आर. गुरु फिटनेस’का प्रशिक्षक गणेश क्षेत्री, आश्वनी सोनी, बिनु मल्ललगायतको सहभागिता रहेको थियो ।

‘एम.आर. गुरु फिटनेस’मा एकपटकमा करिब १५० जनासम्मलाई सेवा दिन सक्ने क्षमता रहेको जनाइएको छ । फिटनेस सेन्टरमा अत्याधुनिक प्रविधि र गुणस्तरीय उपकरणको व्यवस्था गरिएको सञ्चालकले जनाएको छ ।

सञ्चालक गुप्ताका अनुसार फिटनेस सेन्टरमा विभिन्न उमेर समूहका सेवाग्राहीलाई लक्षित गरी शारीरिक तन्दुरुस्ती, मांसपेशी विकास, तौल व्यवस्थापन तथा समग्र स्वास्थ्य सुधारमा केन्द्रित प्रशिक्षण र सेवा उपलब्ध गराइनेछ । बाँकेमा बढ्दो फिटनेस संस्कृतिलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित सञ्चालनमा आएको ‘एम.आर. गुरु फिटनेस’ले स्थानीयस्तरमा रोजगारी सिर्जना तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार