मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरु (H.E. Mr. Maeda Toru) बीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल–जापानबीचको कृषि सहकार्य विस्तार, कृषि क्षेत्रमा जापानी लगानी, प्रविधि हस्तान्तरण तथा अनुसन्धानलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।

भेटमा मन्त्री चौधरीले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र जापानबीच रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै यस वर्ष मनाइँदै आएको ७०औँ वर्षगाँठका अवसरमा सम्बन्ध थप सुदृढ भएको बताउनुभयो। साथै, गत फेब्रुअरीमा सम्माननीय राष्ट्रपतिको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै जापान सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

मन्त्री चौधरीले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै कृषि क्षेत्र, विशेषगरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासमा प्राप्त सहयोगको उच्च मूल्यांकन गर्नुभयो। गण्डकी प्रदेशमा सञ्चालित Gandaki SHEP परियोजना तथा कोशी प्रदेशको बीउबिजन सुधार प्राविधिक सहयोग परियोजनामार्फत कृषि प्रणालीमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै उहाँले जापान सरकार र जाइका (JICA) प्रति आभार व्यक्त गर्नुभयो।

भेटका क्रममा मन्त्री चौधरीले नेपालमा व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण, आधुनिक दुग्ध प्रशोधन प्लान्ट स्थापना, तरकारी तथा विभिन्न बालीका बीउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनका क्षेत्रमा जापानी लगानी र प्रविधि आवश्यक रहेको बताउँदै यसमा सहयोगका लागि राजदूतको विशेष पहलको अपेक्षा गर्नुभयो।

त्यसैगरी कृषि अनुसन्धान, कृषि अध्ययनरत युवाका लागि Learn and Earn कार्यक्रम सञ्चालन, धान खेतीमा यान्त्रीकीकरण तथा Precision Farming जस्ता आधुनिक कृषि प्रविधिमा नेपाल–जापानबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले जापानमा तीन लाखभन्दा बढी नेपालीको उपस्थितिले दुई देशबीचको जनस्तरीय सम्बन्ध अझ मजबुत बनेको उल्लेख गर्दै राजदूत मायदा तोरुको कार्यकालमा नेपाल–जापानबीच आर्थिक सहकार्य, व्यापार, लगानी तथा कृषि साझेदारी थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार