मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

बिराटनगर । सुनसरी जिल्लाको कप्तानगञ्जमा भएको घटनापछि लगाइएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएको छ।

कर्फ्यु कायमै रहे पनि जिल्लाको स्थिति भने सुधारोन्मुख बन्दै गएको छ। कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार घटना भएको स्थान र आसपासको स्थिति सामान्य बन्दै गएको छ।

यद्यपि, स्थिति पूर्ण रूपमा सामान्य बनाउन आवश्यकता अनुसार कर्फ्युलाई निरन्तरता दिइएको छ।

हाल इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ मा पर्ने पूर्व-पश्चिम राजमार्गको दायाँ-बायाँ २०० मिटर, रामधुनी नगरपालिकाको वडा नम्बर १ र ५ अन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्रमा कर्फ्यु जारी छ।

यसैगरी इनरूवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जू गाउँपालिकाका क्षेत्रहरूमा पनि कर्फ्यु लागू रहेको छ।

बुधबार प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले कप्तानगञ्जको घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन र जिल्लामा शान्ति सुरक्षा कायम राख्न ऐक्यबद्धता जनाएको छ।

भीडभाड र हुलदङ्गामा बालबालिका तथा युवाहरूको सहभागिता देखिएकाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई घरबाहिर ननिस्कन, मुठभेडमा नउत्रन र संयमता अपनाउन आग्रह गरिएको छ।

बुधबार राति केही स्थानमा सामान्य घटना भए पनि सुरक्षाकर्मी र आम नागरिकको सहयोगमा स्थिति नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ।

गत आइतबार राति कप्तानगञ्जमा भएको घटनामा एक जनाको मृत्यु भएपछि जिल्लाका विभिन्न स्थान अशान्त बनेका थिए। घटनालगत्तै गृह मन्त्रालयको सक्रियतामा सुनसरीका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको हेरफेर गरिएको थियो।

संखुवासभाबाट आएका नयाँ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल सोमबार बेलुकादेखि स्थिति सामान्य बनाउन केन्द्रित छन्। जिल्ला प्रशासन कार्यालयले मङ्गलवार बेलुका ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेशलाई हालसम्म कायम राखेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार