मुख्य समाचार
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त |

विश्व च्याम्पियन बनेका गुप्ता र बाडियालाई गृह जिल्ला बाँकेमा स्वागत

यूथ टुडे समाचारदाता 3560+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

बाँके। काजकस्थानमा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च प्रेसतर्फ विश्वभरका खेलाडीहरूलाई पछि पार्दै केदारेश्वर मान स्थापितले स्वर्ण पदक प्राप्त गर्नु भएको थियो भने मोहित गुप्ताले १ सिल्बर र १ ब्रोंज प्राप्त गरी विजय हुनु भएको थियो । 

अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालको लागि पदक जितेर फर्किने क्रममा भारतका लागि नेपाली दूतावासले सोमबार एक कार्यक्रमकाबीच स्वर्ण पदक प्राप्त गरेका खेलाडीहरू केदारेश्वर मान, मोहित गुप्ता, सानु कान्छा लामा, अमर लामा, अमृता खडका शेर्पा र करण बाडियालाई राजदूत शङ्कर प्रसाद शर्मा, नियोगका उपप्रमुख सुरेन्द्र थापा, महासेनानी प्रकाश लामिछाने, वरिष्ठ प्रहरी उपरिक्षक उमा चतुर्वेदी लगायतले सम्मान गरेको थियो ।

प्रतियोगितामा नेपालबाट गएको टिमले करिब ११ वटा पदक प्राप्त गरेको पद विजेता मोहित गुप्ताले बताउनु भयो । पदक जितेर गृह जिल्ला नेपालगन्ज फर्किए पछि नेपालगन्जबासीले नेपालगन्ज जमुनहा सीमा नाकामा सम्मान गरेका थिए ।

नेपालका लागि ठूलो मात्रामा पदक सुरक्षित गरी राष्ट्रको इज्जतलाई संसारभर उच्च पङ्क्तिमा राख्न सफल भएतापनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएको मोहित गुप्ताले बताउनु भयो । उहाँले भन्नुभयो, “आशा गरौँ अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्दै चन्द्र सूर्य अंकित झण्डा फहराउने हामी खेलाडीहरूलाई नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्ने छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार