मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा सहभागी हुन गृह मन्त्री श्रेष्ठ नेपालगञ्जमा

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा सहभागी हुन बुधबार साँझ नेपालगन्ज आइपुग्नु भएको हो । 

बिहीबारबाट नेपालगन्जमा सुरु हुने दुई दिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा सहभागी हुन उहाँले बुधबार नेपालगन्जस्थित राँझा विमानस्थल आइपुग्नुभएको हो। उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई प्रदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र माओवादी नेताले स्वागत गर्नुभयो । 

विमानस्थलमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी कुँबेर कडायत, सशस्त्र प्रहरी बलका डिआईजी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुभाषचन्द्र बोहोरा लगायत उच्च सुरक्षा अधिकारीले स्वागत गर्नुभएको हो । 

बिहीबारबाट यहाँ सुरु हुने सुरक्षा सम्मेलनको गृहमन्त्री श्रेष्ठले उद्घाटन गर्नुका साथै सम्मेलनमा सहभागी भएर सुरक्षा अवस्थाको जानकारी लिँदै आवश्यक निर्देशन दिनुहुने कार्यक्रम रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। 

सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत उच्चस्तरीय सुरक्षा अधिकारी बुधवार नै नेपालगन्ज पुगिसक्नु भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। सुरक्षा सम्मेलनलाई मध्यजनर गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पार्नुको साथै नेपाल भारत नाकामा पनि कडाई गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार