मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

बाँकेको सुरक्षामा नयाँ मोड, एसपी अंगुर जिसीले कमाण्ड सम्हाले

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

बाँके । प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हाल्नु भएको छ । पदभार ग्रहण गर्दै उहाँले जिल्लाको शान्ति–सुरक्षा सुनिश्चित गर्न इमान्दारी, पारदर्शिता र कानुनी कडाइका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

एसपी जिसीले मातहतका प्रहरीलाई निर्देशन दिँदै भन्नुभयो, “पहिलो आधार प्रहरीको चालचलन हो। गलत कार्य गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याइन्छ।” उहाँले संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नु भयो ।

हाल मनोबल कमजोर देखिए पनि उच्च विश्वासका साथ अपराध नियन्त्रणतर्फ सक्रिय हुनुपर्ने उल्लेख गर्दै उहाँले लागुऔषध कारोबारीलाई “समाजमा दुर्गन्ध फैलाउने शक्ति” भन्दै खरो कारबाही गर्ने चेतावनी दिनु भयो ।

यस्तै, उहाँले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै, प्रहरीलाई जनमानसलाई सचेतना कार्यक्रममार्फत जागरूक बनाउन निर्देशन दिनु भयो । उहाँले बाँकेमा पछिल्लो समय बढेको चोरीको घटना नियन्त्रण गर्न प्रहरीलाई खरो रुपमा प्रस्तुत हुन निर्देशन दिनु भएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भई बाँके आउनु भएका एसपी जिसी अपराध नियन्त्रणतर्फ दृढ, कठोर र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार