मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

राप्रपाले बाँकेमा गर्यो एमसिसिको बिरोध

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्जबाट राप्रपाका सचिव रवि वर्माको नेतृत्वमा संघर्ष समिति निर्माण गरी आन्दोलन तथा संघर्षका कार्यक्रम शुरु गरिएका छन् ।
५ पौष २०७८, सोमबार

बाँके । बाँकेको नेपालगञ्जमा एमसिसि विरुद्ध राप्रपाले विरोध र्‍याली निकालेको छ । एमसीसी विरुद्ध सघर्ष समिति निर्माण गरी एमसीसी विरुद्ध विभिन्न नाराबाजी गर्दै र्याली निकालिएको थियो ।

सो विरोध र्‍यालीमा नेपाली जनतालाई धोका हो, एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन भन्दै ठुलो स्वरमा नारबाजीहरु गरिएका थिए ।

एमसिसि नेपालमा कुनै पनि हातलमा नल्याउनका लागि नेपालगञ्ज देखि देशभरी ने एमसीसीका बिरुद्ध संघर्षका कार्यक्रमहरु राप्रापाले गरिरहेको छ भने नेपालगञ्जबाट राप्रपाका सचिव रवि वर्माको नेतृत्वमा संघर्ष समिति निर्माण गरी आन्दोलन तथा संघर्षका कार्यक्रम शुरु गरिएका छन् ।

विरोधसभामा बोल्दै किशोर लामा, रबि संकर बर्मा, हाम्रो नेपाल हामि नेपालीका केन्द्रिय महासचिव भिम बहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका अध्यक्ष हुकुम केसिले कुनै पनि हालतमा एमसीसी लागु गर्न नदिइने बताएका थिए ।

राप्रपा क्षेत्र नम्बर २ का अध्यक्ष मो सफिक बेहनाले एमसिसि पास गर्न खोजे रगतको खोला बगाउने चेतावनी सहित बिरोध प्रदर्शनमा उपस्थिति सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सम्पुर्ण राष्ट्रवादी युवा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नम्बर २ का अध्यक्ष मो सफिक बेहना ,राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको अध्यक्ष इन्द्रिरा शाहि ,नगर अध्यक्ष आशा बिष्ट ,प्रदेश अध्यक्ष विष्णु सिहं ठकुरी, जयपत्रा कोरी, लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार