मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

नरैनापुरमा दादुराको महामारी फैलियो, बिहिबारबाट खोप लगाइने

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
अहिलेसम्म गाउँपालिका–२ मा १२ जना भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुएको छ ।
४ माघ २०७९, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–२ मा १२ जना भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुएको छ ।

दादुरा रोग न्यूनीकरण गर्न बुधबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायत सरोकारवालाको बिच भएको छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने निर्णय गरेको छ ।

“गाउँपालिकामा महामारीका रुपमा दादुरा फैलिन सक्ने भएकोले दादुरालाई नियन्त्रण गर्न खोप अभियान सुरु गरिने छ”, गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञ सहितको टोली संग भएको छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।”

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार रोग नियन्त्रण तथा रोकथामका लागी भोलि बिहीबारबाट गाउँपालिकाको ६ वटै वडामा बालबालिकालाई खोप लगाइने भएको छ ।

आज नरैनापुरमा भएको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रदेश स्वास्थ्य मन्त्रालय , प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालयका प्रमुख, नरेश श्रेष्ठ, WHO, Unicef र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले "दादुरा रोग नियन्त्रण र खोप अभियान संचालन अभिमुखिकरण र योजना तर्जुमा" कार्यक्रममा बोल्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार