मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

मतदाता रिझाउन टोल-टोल पुग्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार बम

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
माओवादी केन्द्रले बाँके क्षेत्र नं २ को ख बाट अकल बहादुर बमलाई उम्मेदवार बनाए पछि बमको प्रचारप्रसारका लागि नेपालगञ्जको बिभिन्न वडामा जनसम्पर्क कार्यालय स्थापना गरिएको छ ।
२१ कार्तिक २०७९, सोमबार

बाँके  । बाँकेमा तिनवटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाका उम्मेदवार मतदाता रिझाउन टोल-टोलमा पुग्न थालेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टोल-टोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन् ।

पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिए वापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै हिंडेका छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदै मतदाता आकर्षित गर्ने काममा जुटेका छन् ।

माओवादी केन्द्रले बाँके क्षेत्र नं २ को ख बाट अकल बहादुर बमलाई उम्मेदवार बनाए पछि बमको प्रचारप्रसारका लागि नेपालगञ्जको बिभिन्न वडामा जनसम्पर्क कार्यालय स्थापना गरिएको छ । बमले कार्यालयको उद्घाटन गरे संगै आमनागरिकहरुलाई बोलाउँदै, भेट्दै उनले आफ्ना धारणा राख्ने गरेका छन् ।

बमले दिगो विकास र समृद्धि माओवादीबाटै सम्भव रहेको बताउँदै उनले बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकलाई सुरक्षाभत्ता र बेरोजगार युवालाई रोजगारी दिलाउने काम माओवादीले मात्रै गरेको स्मरण गराउँदै चुनाव प्रचार गरिरहेका छन् ।

बमले नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले नेपालगञ्ज क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को व्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

बमले नेपालगञ्ज क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् ।

बमले आज नेपालगञ्ज वडा नं १२ मा पुगेर घरदैलो गरेका थिए । घर दैलो गर्न पुगेका बमलाई मतदाताले जितको शुभकामना दिदैं जित पछि पनि निरन्तर जनताको घरदैलोमा आउन सुझाव दिएका थिए । बमले आफु निर्वाचित भए महिनाको एक साता आफ्नै क्षेत्रमा बस्ने र जनताको समस्या बुझेर समाधान गर्ने तर्फ लाग्ने प्रतिबद्धता गरेका थिए । 

बम संगै प्रचार प्रसारका लागि माओवादी नेतृ मिना मल्ल पुन, मिना डाँगी, रतन शाही लगायत स्थानीयहरुको उत्साह जनक सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार