मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

बाँकेको डुडुवा ४ मा मतदान स्थलको निर्माण सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
छिटो र सुरक्षित तवरबाट मतदान गर्न सहज बनाउने उद्देश्यले मतदान स्थल तयार पारिएको डुडुवा ४ मा रहेको मतदान केन्द्र (ग) का मतदान अधिकृत कविराम बुढाथोकीले जानकारी दिनु भयो
२९ वैशाख २०७९, बिहीबार

बाँके । शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा मतदान स्थलको निर्माण सम्पन्न भएको छ । 

डुडुवा गाउँपालिकाको अन्य मतदान केन्द्र भन्दा पहिलै छिटो र सुरक्षित तवरबाट मतदान गर्न सहज बनाउने उद्देश्यले मतदान स्थल तयार पारिएको डुडुवा ४ मा रहेको मतदान केन्द्र (ग) का मतदान अधिकृत कविराम बुढाथोकीले जानकारी दिनु भयो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत मतदान गर्न मतदानस्थलको निर्माण गरिएको डुडुवा ४ मा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत लक्ष्मण बहादुर केसीले  जानकारी दिनुभयो । डुडुवा गाउँपालिकाको ४ मा रहेको आधारभुत बिधालय शाहपुर्वा स्कुलमा ३ वटा मतदान केन्द्र निर्माण गरिएको अधिकृत केसीले बताउनुभयो ।

उहाँका अनुसार मतदानका लागि सुरक्षित र सहज हुने गरी सम्पूर्ण तवरबाट व्यवस्थापन गरिएको छ । “मतदानका लागि मतदानस्थललाई सुरक्षित बनाइएको छ”, उहाँले भन्नुभयो, “सबैको चित्तबुझ्दो तवरबाट मतदानस्थलको व्यवस्थापन गरिएको छ ।” समयमा मतदान सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । “मतदानस्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्नेतर्फ प्रतिबद्ध छौँ, आयोगको निर्देशनबमोजिम नै व्यवस्थित मतदानस्थलको निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै