मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँकेको डुडुवा ४ मा मतदान स्थलको निर्माण सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
छिटो र सुरक्षित तवरबाट मतदान गर्न सहज बनाउने उद्देश्यले मतदान स्थल तयार पारिएको डुडुवा ४ मा रहेको मतदान केन्द्र (ग) का मतदान अधिकृत कविराम बुढाथोकीले जानकारी दिनु भयो
२९ वैशाख २०७९, बिहीबार

बाँके । शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा मतदान स्थलको निर्माण सम्पन्न भएको छ । 

डुडुवा गाउँपालिकाको अन्य मतदान केन्द्र भन्दा पहिलै छिटो र सुरक्षित तवरबाट मतदान गर्न सहज बनाउने उद्देश्यले मतदान स्थल तयार पारिएको डुडुवा ४ मा रहेको मतदान केन्द्र (ग) का मतदान अधिकृत कविराम बुढाथोकीले जानकारी दिनु भयो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत मतदान गर्न मतदानस्थलको निर्माण गरिएको डुडुवा ४ मा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत लक्ष्मण बहादुर केसीले  जानकारी दिनुभयो । डुडुवा गाउँपालिकाको ४ मा रहेको आधारभुत बिधालय शाहपुर्वा स्कुलमा ३ वटा मतदान केन्द्र निर्माण गरिएको अधिकृत केसीले बताउनुभयो ।

उहाँका अनुसार मतदानका लागि सुरक्षित र सहज हुने गरी सम्पूर्ण तवरबाट व्यवस्थापन गरिएको छ । “मतदानका लागि मतदानस्थललाई सुरक्षित बनाइएको छ”, उहाँले भन्नुभयो, “सबैको चित्तबुझ्दो तवरबाट मतदानस्थलको व्यवस्थापन गरिएको छ ।” समयमा मतदान सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । “मतदानस्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्नेतर्फ प्रतिबद्ध छौँ, आयोगको निर्देशनबमोजिम नै व्यवस्थित मतदानस्थलको निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार