मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सवारी दुर्घटनामा गम्भीर घाइते भएका कानुन मन्त्री सिंहको निधन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको बताएकी छन् । मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको उनले बताईन् ।
५ असार २०८०, मङ्गलबार

काठमाडौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो ।

मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको बताएकी छन् । मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको उनले बताईन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले पनि मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गरे ।

मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश-०१-००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागी बाँकेको कोहलपुर ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परेकी मन्त्री पत्नी अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको छ । मन्त्रीका नातेदार जयादेवी सिंहको पनि घटनास्थलमा नै मृत्यु भएको छ । जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ)को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदै छ । उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार