मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नवनिर्वाचित प्रदेश सभा सदस्य नमुनालाई नरैनापुरमा भब्य स्वागत

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बाँकेको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा १ (क)बाट निर्वाचित भएकी नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुना मतदाता भेटघाटमा ब्यस्त भएकी छन्
११ मंगशिर २०७९, आइतबार

बाँके । बाँकेको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा १ (क)बाट निर्वाचित भएकी नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुना मतदाता भेटघाटमा ब्यस्त भएकी छन् । हालै सम्पन्न निर्वाचनबाट उनी लुम्बिनी प्रदेश सांसदमा पुनः निर्वाचित भएकी थिइन् ।

नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी नमुना अचेल नरैनापुर र राप्ती सोनारीमा रहेका मतदातालाई भेटेर धन्यवाद दिइरहेकी छन् । नवनिर्वाचित प्रदेश सांसद नमुना आइतबार नरैनापुरमा पुगेर मतदातालाई भेटघाट गरेको उनको सचिवालयले जनाएको छ ।

सो क्रममा नमुनासँगै नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सांसदका उम्मेदवार संगिता चौधरी, नेपाली काग्रेसका नेता गुफरान शाह (अलि), काँग्रेस नेता रामचन्द्र मौर्य, काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, गठबन्धनमा रहेका नरैनापुरस्थित स्थानीय नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

नरैनापुरको विकासका लागि अघिल्लो कार्यकालमा नमुनाले गरेको योगदान अविष्मरणीय रहेको र आगामी पाँच वर्षमा पनि नेतृ नमुनालाई लुम्बिनी प्रदेशको महत्वपुर्ण मन्त्रालयको नेतृत्व गरेको देख्न चाहेको नरैनापुरका स्थानीयको अपेक्षा छ ।

भेटघाटका क्रममा सांसद नमुनाले मतदाताले दिएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेकी थिइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार