मुख्य समाचार
कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा | बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना |

डाक्टरहरुले मागे गृह र स्वास्थ्य मन्त्रीको राजिनामा

यूथ टुडे समाचारदाता 3465+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

काठमाडौं । डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरूले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

हिजो (सोमबार) पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ जिल्ला अस्पतालमा कार्यरत ठाक्टरमाथि कुटपिट भएको थियो । यसरी पटक पटक चिकित्सकमाथि भएको आक्रमणले सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।

उनीहरुले स्वास्थ्यमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । यसअघि विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । नेपाल शिक्षक संघले असोज ५ गते सरकारसँग सहमती गरेपछि आन्दोलन स्थगन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार