मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

काठमाडौँ । सरकारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोस्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदस्थापन गर्न विशेष सुरक्षा पद सिर्जना गर्दै कार्कीलाई पदस्थापन गर्ने निर्णय गरेको हो । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नगरिएको बताएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेर मात्र गरिएको दाबी गरे ।

‘वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सुरक्षा, परामर्श र सल्लाह दिन प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्रीको कार्यालयमा सिर्जना गर्ने’, मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘विशेष सुरक्षा सल्लाहकारका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने ।’

मन्त्रिपरिषद् बैठकले कार्कीको ठाउँमा एआइजी मनोज केसीलाई नियुक्त गरेको छ । कार्कीलाई किन कारबाही गरियो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री पोखरेलले सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नगरिएको बताए । 

‘कारबाही होइन, नयाँ जिम्मेवारी फेरबदल भएको हो’, पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार