मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

चाडपर्व लक्षित बजार अनुगमन गर्ने उद्योग तथा वाणिज्य समितिको निर्णय

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो । समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताउनु भयो ।

उहाँले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरु,केन्द्रिय, प्रदेश र स्थानिय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताउनु भयो । उहाँले समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताउनु भयो ।

सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ,पोखरा,विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गर्नुभयो । उहाँले काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताउनु भयो। उहाँले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताउनु भयो ।

उहाँले चाडपर्व लक्षित मूल्य वृद्धि,कालोबजारी,मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार