मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

जेनजीहरूलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
९ कार्तिक २०८२, शनिबार

काठमाडौँ । जेन–जी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन–जी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन्।

शनिबार अपराह्न उनीहरुले पत्रकार सम्मेलन गरी जेन–जीहरुलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाइ तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेन–जी प्रतिनिधि मञ्जना राईले बताइन् ।

उनले जेन–जीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्। राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ। हामी पछि हट्ने छैनौँ। यही चेतावनी दिन चाहन्छौँ। थुनिएका साथीहरु रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ।’

सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सह्य नहुने चतावनीसमेत उनीहरूले दिएका छन्। भोजपुरका जेन–जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे।

जेन–जी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो। उनले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेकोसमेत बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार