मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

जेनजीहरूलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
९ कार्तिक २०८२, शनिबार

काठमाडौँ । जेन–जी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन–जी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन्।

शनिबार अपराह्न उनीहरुले पत्रकार सम्मेलन गरी जेन–जीहरुलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाइ तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेन–जी प्रतिनिधि मञ्जना राईले बताइन् ।

उनले जेन–जीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्। राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ। हामी पछि हट्ने छैनौँ। यही चेतावनी दिन चाहन्छौँ। थुनिएका साथीहरु रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ।’

सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सह्य नहुने चतावनीसमेत उनीहरूले दिएका छन्। भोजपुरका जेन–जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे।

जेन–जी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो। उनले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेकोसमेत बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार