मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

सोफिया स्कुल बिथार्थीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्दै

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रम सम्पन्न
१५ मंगशिर २०७९, बिहीबार

बाँके । शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आज आफनो १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रम सम्पन्न गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिन थालेको हो ।

स्कुलका संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको छ, भनी शुभकामना दिर्दै विद्यार्थी भाईबहिनीको भविष्य उज्वल होस । उपमहानगरपालिकाको चाहना पनि यही रहेको बताउनुभयो ।

नेपालगंज उपमहानगरपालिकाका एजुकेशन डिपार्टमेन्ट अफिसर भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने थलोका रुपमा शोफिया स्कुल विकास हुन सकोस भन्ने शुभकामना दिनुभयो ।

यस्तै उहाँले सबै अभिभावकको चाहाना र सपना पुरा गर्न शोफिया स्कुललाई आग्रह पनि गर्नुभयो । स्कुलका संस्थापक प्रिन्सीपल के.बी.बसेलले २० बर्ष अगाडि आफुहरुले सोचेको योजना, जुन थोरै लगानीमा नेपालगंजमै अन्र्तराष्ट्रिय स्तरको शिक्षा दिन सकीयोस भनेर सन २००४ बाट शुरु भएको प्रयास सफल हुदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि हामी जग निर्माणमै छौं । आगामी बर्षदेखी कक्षा ११ को कक्षा पनि शुरु गर्ने योजना छ । तपाईहरु सबैको प्रयासले आजको कार्यक्रम पनि सफल भयो । अभिभावकको उपस्थितीले विद्यार्थीको उत्साह बढेको मैले महसुस गरेको छु ।’

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० स्थित विद्यालय प्राङ्गगणमा आयोजित १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रममा बर्ष उत्कृष्ट विद्यार्थी, विभिन्न प्रतिभा लगायतका विधामा सफल हुने विद्यार्थीलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

शोफिया स्कुलमा अहिले कक्षा १० सम्म पढाइ हुदै आएको छ । उपस्थित आफना अभिभावक, शिक्षक, शिक्षिका र अतिथी वर्ग सामु स्कुलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पहिचान, विविधता झल्कीने खालका पोषाकमा सजिएर नृत्य, गीत, नाटक, कविता लगायतका प्रस्तुती राखेका थिए ।

शोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले प्रत्येक बर्ष बार्षिक उत्सव, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार